कनिकालाई प्रहरीको पत्र, ३० अप्रिलमा चौकीमा उपस्थित हुनुपर्ने

भारतीय गायिका कनिका कपुरलाई लखनऊ प्रहरीले ३० अप्रिलको बिहान ११ बजे प्रहरी चौकी बोलाएको छ । आधिकारिक पत्र लिएर प्रहरीहरु उनको घरमै पुगेका थिए । उनलाई सरोजनी नगर प्रहरी चौकीमा बोलाइएको हो । कनिका विरुद्ध अन्यको ज्यान जोखिममा पारेको मुद्दा दायर भएको थियो ।

कोरोना भाइरसबाट संक्रमित भएकी भारतीय अभिनेत्री कनिका कपुर उपचार पश्चात पूर्ण निको भइसकेर अहिले घरमा परिवारसंग बसिरहेकी छिन् । संक्रमण भएको खबर बाहिरिएपछि उनि माथि लापरबाही गरेको र संक्रमण फैलाएको आरोप लगाइएको थियो । पूर्ण स्वस्थ भएर घर गइसकेपछि हालै उनले आफुले कुनै पनि किसिमको लापरबाही नगरेको भन्दै स्पष्टीकारण दिएकी थिईन् । उनको सम्पर्कमा आएका कसैमा पनि रोगको संक्रमण देखिएको छैन ।