कोरोनामा पाँच संस्थामार्फत सहयोग गर्दै पुर्व मिस नेपाल
कोरोना भाइरसको समयमा पुर्व मिस नेपालको समूहले ५ संस्था मार्फत सहयोग गर्ने भएको छ । सन् २००४ भन्दा पछिका मिस नेपालहरुको अनौपचारिक समूहले सहयोगको बाचा गरेको हो । उनीहरुले व्यक्तिगत रुपमा रकम जम्मा गरेर नै सहयोगको तयारी गरेका हुन् । उनीहरुले हिमालयन डिज्यास्टर रिलिफ भोलेन्टरी ग्रुप, साही केन्द्र, हार्ट विट, गर्ल पावर र क्याट सेन्टरमार्फत सहयोग गर्न लागेका हुन् । जसमध्ये क्याट सेन्टर जनावरसंग सम्बद्ध संस्था हो ।
केही बर्ष यता अनौपचारिक संस्थाको रुपमा विभिन्न काम गर्दै आएका पूर्वमिस नेपालको समूहले ३-३ महिनामा एक जना चेयर बनाएर काम गर्ने गरेका छन् । अहिलेको चेयरको हिसावले प्रितीले यो समयमा धेरै कामहरु गर्न नसकिए पनि सामान्य परिस्थित आएसंगै बाँकी काम सक्ने बताएकी छिन् । उनले मिस नेपाल अनुष्का श्रेष्ठको ब्युटी विथ अ पर्पोज प्रोजेक्टको लागि काम गर्ने, सदिक्षाले योजना बनाएको काम अगाडी बढाउने बताएकी छन् । अहिले काम पछि सरे पनि नरोकिएको उनी बताउछिन् ।
प्रतिक्रिया