पूर्ण स्वस्थ भएपछी कनिकाले भनिन् – “नकारात्मकता थोपर्दैमा सत्य कुरा बदलिदैन”

कोरोना भाइरसबाट संक्रमित भएकी भारतीय अभिनेत्री कनिका कपुर उपचार पश्चात पूर्ण निको भइसकेर अहिले घरमा परिवारसंग बसिरहेकी छिन् ।

संक्रमण भएको खबर बाहिरिएपछि उनि माथि लापरबाही गरेको र संक्रमण फैलाएको आरोप लगाइएको थियो । करिब एक महिना पछी हालै उनले यस बिषयमा स्पष्टीकारण दिएकी छिन् । उनले इन्स्टाग्राम मार्फत आफु लन्डनबाट फर्किएपछी क्वारेंन्टाइनमा नबस्नुको कारणबारे पनि बताएकी छिन् ।

उनले लेखेकी छिन् :

मलाई थाहा छ कि मेरो बारेमा धेरै हल्लाहरु फैलिएका छन् । ती मध्ये केहिलाई साँचो मानिएको छ किनकि म चुप बसिरहेकी थिएँ । म गलत भएर चुप बसेकी होइन । सबै कुराहरु गलत अर्थ लगाइएको भएर र सहि जानकारी उपलब्ध नभएर भएको हो भन्ने मलाई थाहा थियो त्यसैले म चुप थिएँ । मैले सत्य कुरा आफै निस्कियोस भनेर समय दिईराखेकी थिएँ ताकी मानिसहरु सत्य कुरा आफै थाहा पाउन । म आफ्नो परिवार, साथीहरु र समर्थकहरु प्रति आभारी छु, उहाँहरुले मलाई पूर्णरुपले तयार हुने समय दिनु भयो ताकी म आफ्नो कुरा राख्न सकुँ । म आशा एवं प्रार्थना गर्छु कि यो कठिन समयमा पनि तपाईंहरु सबै सुरक्षित र सावधान हुनुहुन्छ ।

केहि तथ्यहरु छन् जुन म तपाईंहरु समक्ष राख्न चाहन्छु । म लखनऊमा आफ्नो परिवार संग समय बिताईरहेकी छु ।
युके, मुम्बई र लखनऊमा मेरो सम्पर्कमा आएका कसैमा पनि कोभिड -१९ को लक्षण भेटिएको छैन । यति मात्र होइन, टेस्टमा पनि सबैको नेगेटिभ आएको छ । म १० मार्चमा युकेबाट मुम्बई आएकी थिएँ । त्यतिबेला अन्तरास्ट्रिय विमानस्थलमा मेरो जाँच भएको थियो । त्यो दिन सम्म युकेबाट आएपछि क्वारेंन्टाइनमा बस्नुपर्छ भन्ने निर्देशिका आइसकेको छैन (निर्देशिका मार्च १८ मा आएको थियो) । ममा कुनैकिसिमको बिमारी या लक्षण पनि थिएन त्यसैले म क्वारेंन्टाइनमा बसिन । ११ मार्चमा म आफ्नो परिवारसंग भेट्न लखनऊ आएँ । त्यहाँ पनि आन्तरिक यात्राको लागि स्क्रिनिंग गर्ने गरिएको थिएन । १४ र १५ मार्चमा मैले एक साथीको घरमा लन्च र डिनर गरें । मैले कुनै पार्टी गरेकी थिईन र पूर्ण स्वस्थ थिएँ । १७ र १८ मार्चमा ममा लक्षण देखिए पछि मैले टेस्ट गर्ने कुरा गरें । १९ मार्चमा मेरो टेस्ट भयो र २० मार्चमा मेरो रिजल्ट पोजेटिभ आयो । मैले हस्पिटलमै बस्ने निर्णय गरें । ३ पटक नेगेटिभ रिजल्ट आएपछि मात्र म डिस्चार्ज भएँ । र त्यसपछि २१ दिनको लागि म घरमै छु । कमजोर समयमा मेरो हेरविचार गर्ने सबै डक्टर तथा नर्सहरुलाई धन्यबाद भन्न चाहन्छु । म आशा गर्छु अब सबैजना यो मामलालाई इमान्दारिता र संबेदनशीलताका साथ हेर्नुहुनेछ ।

कसैमाथि थोपरिएको नकारात्मकताले सत्य बदलिदैन ।
माया, कनिका

View this post on Instagram

Stay Home Stay Safe ??

A post shared by Kanika Kapoor (@kanik4kapoor) on