ऋचामा सन्तानको रहर !
कलाकार ऋचा शर्माले सन्तानको रहर भएको बताएकी छिन् । उनले अभिनेत्री निशा अधिकारीसंग लाइभमा जोडिएर गफ गर्ने क्रममा सन्तानको रहर भएको बताएकी हुन् । तर कम्तिमा पनि डेढ बर्ष भने आफु श्रीमानसंग मात्रै रहने बताएकी छन् । शारीरिक र मानसीक रुपमा तयार भए पनि श्रीमानसंग समेत केही समय बताउने चाहना रहेको उनले बताइन् ।
उनलाई परिवारबाट समेत सन्तानको लागि कुनै प्रेसर नरहेको बताउछिन् । साथै सन्तानको विषयमा बोल्दै उनले कम्तिमा बच्चा ३, ४ बर्षको हुँदा सम्म पुरा समय सन्तानलाई नै दिने बताएकी छिन् । बच्चा जन्मिना साथ केही समयमानै काममा फर्किने उनको योजना छैन । निशालाई यो विषयमा आइडल मान्दै उनले आमाले पुरा समय दिएको प्रभाव सन्तानमा पछि देखिने बताउछिन् ।
ऋचाले लकडाउनलाई समेत एक प्रकारले राम्रै भएको बताएकी छिन् । विवाह लगत्तै परिवार, श्रीमानसंग समय विताउन नपाएकोमा ब्रेक कुरिरहेको समयमा आएको लकडाउनले उनलाई उनको श्रीमानको परिवारसंग नजिक बनाएको छ । परिवारलाई नजिकबाट चिन्ने मौका पाएको उनी बताउछिन् ।
प्रतिक्रिया