“महिलाले किन डकार गर्न कुना नै खोज्नुपर्ने ?” नीना गुप्ता
मुक्तेश्वरमा रहेर नीना गुप्ता लकडाउनको समय ब्यतित गर्दै छिन् । यो समय उनी सामाजिक संजालमा धेरै समय व्यतित गर्दै छिन् र यसै मार्फत आफ्नो दैनिक जीवनसँग जोडिएका विषयहरु शेयर पनि गरिरहेकीछिन् । हालै उनले एक भिडियो शेयर गरेकी छिन् जहाँ उनले महिलाको विषय उठाएकी छन् । भिडियोमा उनले महिलालाई पर्फेक्ट हुन पर्ने दवावको विषयमा कुरा गरेकी छिन् ।
महिला हकको विषयमा कुरा गर्दै उनि भन्छिन्, – “महिलालाई ग्यास हुन सक्दैन, उनीहरुलाई एसीडीटि समेत हानी सक्दैन,उ कहिल्यै डकार गर्न सक्दिन । लकडाउनको समय हो,धेरै त के नै गर्नु छ र, हामी अरु समय बह्दा बढि खाने त हो । महिला परिवारका लागि मिठामिठा खानेकुरा बनाउदै छिन्, र कहिले काही बढी खाना खाने पनि गर्छिन् । यस अवस्थामा पेटमा ग्यास बन्यो भने के उसले ग्यास छोड्न हुन्न र ? उसले डकार गर्नु हुन्न र ? उ जसरी चाहन्छे त्यसरी बस्न सक्दिन र ? यसको अधिकार त पुरुषको मात्रै छ । पुरुषले गर्न मिल्छ भने महिलालाई किन बन्देज ? किन उसले ग्यास रिलिज गर्न, डकार गर्न कुनै कुना नै खोज्नु पर्ने ? मेरो विषय, असहज भएर महिलाले जिउनु पर्ने किन ?”
यस विचारमा उनले फ्यानको समर्थन पाएकी छन् । उनले जायज विषय उठाएको फ्यानहरु बताउँछन् ।
प्रतिक्रिया