उर्वशी रौतेलको फेसबुक अकाउन्ट ह्याक

लकडाउनको समयमा पनि भारतीय मोडल कलाकार उर्वसी रौतेल ग्ल्यामरस फोटो सेयर गर्नमा ब्यस्त छिन् । यसै विच उनको फेसबुक अकाउन्ट ह्याक भएको खबर बाहिरिएको छ । ह्याक गरे संगै उनीहरुले पैसाको डिमाण्ड गरेका छन् । यो विषय मुम्बई पुलिस समक्ष पुगी सकेको छ । हाल यो विषय साइवर क्राइम ब्रान्चमा गएको छ ।

उर्वशीले ट्वीट गर्दै फेसबुक ह्याक भएको जानकारी दिएकी हुन् । उनले आफ्नो अकाउन्ट ह्याक भएको बताउदै कुनै पनि पोष्ट र म्यासेजको जवाफ नदिन आग्रह गरेकी छन् । साथै अर्को पोष्टमा उनले पैसा मागेको र अश्लिल तस्विर सेयर गर्दै गरेको समेत बताएकी छन् ।