आफुलाई भोट गर्न दिवेश पोखरेलको आग्रह, यस्तो छ भोट गर्ने तरिका

अमेरिकन आइडलको १८ औ संस्करणमा उत्कृष्ट २० मा पर्न सफल भएका नेपाली युवा दिवेश पोखरेलले आफ्ना समर्थकलाई धन्यबाद दिदै आफूलाई भोट गर्न आग्रह गरेका छन् । अप्रिल २६, आइतबारदेखि भोटिंग सुरु हुने बताउदै उनले भोट गर्ने तरिका पनि सिकाएका छन् ।

उनले भनेका छन् – “यदि तपाईहरुले मेरो प्रस्तुति मन पराइराख्नु भएको छ भने र भविष्यमा अझै प्रस्तुतिहरु हेरीराख्न चाहनुहुन्छ भने म भोट गर्ने तरिका बताउछु” । एक जनाले ३० पटक सम्म भोट गर्न मिल्ने बताएका छन् ।

यस्तो छ भोट गर्ने तीन तरिकाहरु :

१ ) टेक्स म्यासेज मार्फत : यो माध्यमबाट १० पटक मतदान गर्न पाइने छ । मतदान गर्दा दिवेश पोखरेल अर्थात् अर्थर गन लाई २१५२३ मा मतदान गर्नु पर्ने हुन्छ ।

२ ) एप्पलको एप स्टोर वा एनड्रोईड स्टोरमा गएर अमेरिकन आइडल एप डाउनलोड गर्ने र आफ्नो एकाउन्ट बनाउने, उक्त आफूले खोलेको एकाउन्टबाट १० पटक मतदान गर्न सकिने छ ।

३ ) आइडलभोटडटएबिसिडटकम ( idolvote.abc.com) मा गएर पनि १० पटक सम्म मतदान गर्न सकिने छ ।

१८ औ संस्करणको अमेरिकन आइडलको मे ३ देखि प्रत्यक्ष प्रसारण सुरु हुनेछ भने मे १७ मा अन्तिम समारोह हुनेछ ।