चौथो ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ स्थगित

कोरोना भाइरसको कारण चौथो संस्करणको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ स्थगित गरिएको छ । नेपाल-अमेरिका फिल्म सोसाइटीले २०२०, जुन २६ देखि २८ सम्म अमेरिकाको म्यारिल्याण्डमा उक्त महोत्सव आयोजना गर्ने योजना गरेको थियो तर विश्वव्यापी स्वास्थ्य संकट थप अनिश्चित बन्दै गएकोले स्थगन गर्नुपरेको आयोजकले जानकारी दिएको छ । महोत्सव स्थगित भएपनि केहि भर्चुअल कार्यक्रमहरू भने आयोजना गरिनेछ ।

यस संगै विभिन्न देशबाट आवेदन परेका चलचित्रहरूको छनोट प्रक्रिया पनि स्थगित भएको बताइएको छ । आवेदकाहरुले तिरेको सम्पूर्ण शुल्कहरू पनि फिर्ता गरिएको छ । स्थिति सामान्य भएपछि महोत्सव र चलचित्रसम्बन्धी अन्य वार्षिक कार्यक्रमहरू घोषणा गरिनेछ ।