सरकारसंग राहतको माग गर्दै इजरायली मनोरंजनकर्मीद्वारा प्रदर्शन
इजरायलको मनोरंजन उद्योगमा काम गर्ने हजारौ मानिसहरुले सरकारसँग सहयोगको माग गर्दै प्रदर्शन गरेका छन् । बुधबार राति तेल अभिबमा सामाजिक दुरी कायम राख्दै उक्त प्रदर्शन गरिएको थियो ।
उनीहरुले मनोरंजन उद्योग र कामदारहरुलाई आर्थिक संकटबाट जोगाउन विभिन्न पहलहरु गर्नु पर्ने माग गरेका छन् । आर्थिक राहत, संस्था र व्यक्तिगत ऋणको व्यवस्था, कर छुट तथा व्यक्तिगत रुपमा काम गरिरहेकाहरुले बेरोजगारको रुपमा निबेदन दिन सक्ने प्राबधानहरुको माग गरेका छन् । गायक डेभिड ब्रोजा, अभिनेता ओरि फेफ़र, नेट्टा बर्जिलाई जस्ता चर्चित व्यक्तिहरुले सरकार समक्ष पेश गरिएको मागपत्रमा हस्ताक्षर गरेका छन् । कोरोना महामारीको कारण इजरायलमा दशौ हजार मानिसहरुले आफ्नो काम गुमाएका छन् भने अन्य धेरै जना बेतलबी बिदामा बस्न बाध्य छन् ।
प्रदर्शनको केहि घण्टा पश्चात तेल अभिब म्युनिसीपालिटिले तेल अभिबका कलाकारहरुको सहयोगको लागि २ लाख डलरको कोष खडा गरेको थियो । त्यस्तै प्रधानमन्त्रि बेन्जामिन न्यातन्याहूले संकृति मन्त्रि मिरि रेगेभलाई भेटेर मनोरंजन उद्योग र त्यहाँका कामदारहरुलाई सहयोग गर्ने संरचनामा काम गर्न आदेश दिएका छन् ।
प्रतिक्रिया