सामाजिक कार्यमा सक्रिय पल र आँचल
कोरोनाको कारण मानिसहरु समस्यामा पर्न थालेपछि नेपाली कलाकारहरु पछिल्लो समय सामाजिक कार्यमा लागेका छन् ।
गत फागुन अन्तिममा विवाह बन्धनमा बाँधिएकी अभिनेत्री आँचल शर्मा अहिले सामाजिक कार्यमा पनि लागेकी छन् । पहिले देखिनै सामाजिक कार्यका सक्रिय आँचलले बिहेपछि आफ्नो श्रीमान उदिप श्रेष्ठसँग मिलेर सामाजिक कार्यलाई झनै तिब्रता दिएकी छिन् ।
आँचलले आफ्नो जन्मदिनमा काठमाण्डौको एक बालगृहमा पुगेर बालबालिकाहरुसँग जन्मदिन मनाइन् । त्यहाँ उनले एक लाख भन्दा बढी रकम र खाद्यान्न पनि सहयोग गरिन् । उनले यसै साता क्षेत्रपाटीको वडा कार्यलयमा पुगेर सय भन्दा बढी परिवारलाई खाद्यान्न वितरण समेत गरेकी थिइन् । उनले कोरोना भाइरसको कारण दैनिक जीवनयापनमा समस्या भएकाहरुको लागि उक्त सहयोग गरेकी हुन् ।
यस्तै, आँचल र उदिप बिहिबार मातातिर्थ औशीको अवसरमा वृद्धाश्रममा पनि पुगेका थिए । उनीहरुले वृद्धाश्रममा रहेका आमाहरुसँग खुशी साटे । उनको यो सक्रियता प्रसंशा योग्यनै छ ।
यता आँचलसँग उदिप् भन्दा अगाडी नाम जोडिदै आएका तथा सहकर्मी अभिनेता पल शाह पनि कम सक्रिय भने छैनन् । उनी पनि पछिल्लो समय सामाजिक कार्यमा सक्रिय देखिएका छन् । एक साता अगाडी उनले फिल्मकर्मी प्राविधिकहरुलाई पाँच लाख सहयोग गरेका थिए । उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि सहयोग गरेका हुन् । उनि गत सोमबार साँखुमा रहेको एक आश्रममा समेत सहयोग गर्न पुगेका थिए । लकडाउनको समयमा समस्यामा परेका आश्रममा रहेका असहायहरूलाई खाना खुवाउनको लागि उनी आश्रम गएका हुन् । द्वन्द्वपीडित तथा अपाङ्ग सेवा आश्रममा रहेका ५५ असहायहरूलाई उनले खाना खुवाएका हुन् । समाजसेवी विमल पन्तको समूहसँग मिलेर पलले त्यहाँ खाना खुवाएका हुन् ।
प्रतिक्रिया