तामिल फिल्ममा डेब्यु गर्दै क्रिकेटर हरभजन सिंह

भारतीय क्रिकेटर हरभजन सिंहले तामिल फिल्ममा डेब्यु गर्दैछन् । ‘फ्रेन्डशिप’ नाम राखिएको फिल्ममा उनले पन्जाबबाट आएको एक इन्जीनियरिंगको बिद्यार्थीको भूमिका गर्न लागेका हुन् । यस फिल्मलाई जोन पौल राज र श्याम सूर्याले निर्देशन गर्नेछन् ।

हरभजनले भने – “चेन्नईको टिमबाट आइपिएल खेलेको हुनाले मैले तामिल नाडूका मानिसहरुको माया पाएको छु । यहाँको भाषा पनि मेरो लागि नयाँ होइन तर शुटिंग सेटमा सजिलोको लागि एक जना अनुवादक भने चाहिन्छ । मैले अर्को एक तामिल फिल्ममा केमियो रोल गरेको छु र त्यो फिल्म रिलिज हुन बाँकीनै छ” ।

अभिनयलाई नै क्यारियर बनाउने सम्बन्धि एक प्रश्नको जवाफमा उनले भने – “मैले यो सोचिरहेको छु तर यो कुरा मैले फिल्ममा कस्तो गर्न सक्छु भन्नेमा निर्भर हुन्छ । मलाई पन्जाबी फिल्मको अफर पनि आएको छ । आफ्नो १९ वर्षे क्रिकेट क्यारियरमा म लगातार खटिए, अहिले म केवल आइपिएल मात्र खेल्छु जुन वर्षमा एक पटक मात्र हुन्छ, म संग वर्षमा १० महिना खाली समय हुन्छ, यस समयमा किन केहि नगर्ने ?”

पन्जाबी र तमिल फिल्महरु खेलेको बारे प्रश्न गर्दा हरभजनले भने – “बलिउड खान हरुको लागि छोडिदिउँ, म पन्जाबी र तामिलमै खुशी छु” ।

हरभजनले सन् २०१३ मा ‘भाजी इन प्रोब्लम’ नामको पन्जाबी फिल्म खेलेका थिए ।