मलायलम निर्माताहरुको माग – ‘लकडाउन पछि कलाकार, प्राबिधिकहरुले पारिश्रमिक ५० प्रतिशतले घटाउनु पर्छ’

मलायलम फिल्म उद्योग यतिबेला कोरोना भाइरस कोभिड १९ का कारण नराम्ररी प्रभावित भएपछि फिल्म निर्माताहरुको संघले लकडाउन खुलेपछि कलाकार तथा प्राबिधिकहरुले आफ्नो पारिश्रमिक ५० प्रतिशत घटाएर लिनुपर्ने माग गरेको छ ।

चल्तीका निर्माता सुरेशकुमार भन्छन् – ‘स्थिति कहिले सामान्य हुन्छ भनेर भन्न सकिने अवस्था छैन, लकडाउन पछि फिल्म उद्योगलाई बचाउनको लागि कलाकार र प्राबिधिकहरुले आफ्नो पारिश्रमिक ५० प्रतिशत घटाउनु पर्छ” । निर्माता संघले यस बिषयमा अन्य निकाय संग पनि छिट्टैनै कुराकानी गर्ने बताइएको छ । मलायलम फिल्म उद्योगमा मामूट्ट, मोहनलाल, पृथ्वीराज र दिलिप धेरै पारिश्रमिक लिने कलाकारको सुचीमा रहेका छन् ।

इस्टर र रमजानको अवसरमा करिब ७ मलायलम फिल्महरु रिलिजको तयारीमा थिए भने लकडाउनकै कारण करिब २६ वटा फिल्महरु निर्माणको विभिन्न चरणमा स्थगित भएका छन् ।