पुर्बेली जुहारी गीत ‘चाईना भन्सार’ सार्बजनिक
नेपालको पूर्व भेगमा प्रचलित संस्कृतिमा आधारित एउटा भिडियो सार्वजनिक भएको छ । ओमेगा नेपालको आधिकारिक युट्युव च्यानल मार्फत ‘चाईना भन्सार’ बोलको जुहारी गीतको भिडियो सार्वजनिक भएको हो ।
नेपाली मौलिक गीतहरुको संगीत संयोजनमा सबैको लागी तारिफयोग्य काम गरेका पुराना व्यक्तित्व कुन्दन राई साथै रेमन पुवार मगर, कल्पना राई र बिमला गुरुङको संयुक्त स्वर रहेको यस गीतको शब्द नरेश खड्काले लेखेका हुन् भने डिल्लीराम राईले मौलिक संगीत गरेका हुन् । संगीत संयोजनका अलावा पाथिभरा रेकर्डिङ स्टुडियोमा कुन्दन राईले नै गीतको मिक्सिङ गरेका हुन् ।
यस गीतको भिडियोमा कुन्दन राई, रेमन पुवार मगर, कल्पना राई, बिमला गुरुङ, हर्क राई, खुसी चाम्लिङ राई, सन्तोष राई (ओमेगा), सुनिता कट्वालर रीचा काफ्ले र नरेश खड्काले अभिनय गरेका छन् । सुमन तामाङले छायाँकन गरेको भिडियोको सम्पादन हेमन तामाङ र निर्देशन सन्तोष ओमेगाले गरेका छन् । गीतको भिडियोमा पुर्वका विभिन्न रमणीय दृष्यहरु समावेश गरिएको छ । मौलिक श्रृजनाका पारखीहरुले यस गीतको भिडियोलाई मन पराउनेमा आफु बिश्वस्त रहेको निर्देशक सन्तोष राई (ओमेगा) ले बताएका छन् ।
प्रतिक्रिया