फोटोपत्रकारलाई मास्क र स्यानिटाईजर सहयोग

फोटोपत्रकारको कामको प्रकृतिलाई ध्यानमा राख्दै आवस्यक सामग्री प्राप्त भएको छ । सर्जिकल मास्क र स्यानिटाइजर आवस्यकता हेरेर ७०पत्रकारलाई वितरण गरिएको छ ।

कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका फोटोपत्रकारहरुका लागी आईएमएसका अध्यक्ष दिपक मलहोत्रा, औषधी उत्पादक संघका तर्फबाट महासचिब बिप्लव अधिकारी, देउराली जनता फर्मास्यूटिकल्स प्रा. लि का कार्यकारी निर्देशक हरीभक्त्त शर्मा, पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत र नर्भिक अस्पतालका डां. विप्लव सापकोटाले फोटो पत्रकार क्लबलाई स्यानेटाईजर र मास्क उपलब्ध गराएका छन् ।|

ब्यबसायी दिपक मलहोत्राले २ हजार थान सर्जिकल मास्क, औषधी उत्पादक संघले २५० एमएलको स्यानेटाईजर ७० थान,  देउराली जनता फर्मास्यूटिकल्सले ५० एमएलको स्यानेटाईजर ८५ थान स्यानेटाईजर र १०० थान मास्क, पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत र नर्भिक अस्पतालका डां. विप्लव सापोकाटाले करिब ५०० थान सर्जिकल मास्क उपलब्ध गराएका हुन् त्यस्तै नेपाल औषधि उत्पादक संघले उपलब्ध गराएको उक्त २५० एम एलको ह्यान्ड स्यानेटाइजर फर्माको ईन्ड्रटिजका सानूकाजी श्रेष्ठ मार्फत उपलब्ध गराएको हो।  उनीहरुबाट प्राप्त सामाग्रीहरु अग्रपंक्तिमा खटिएका ७० जना फोटोपत्रकारहरुलाई बिहीबार नै वितरण गरिएको छ ।