‘नौ महिना कोखमा कसरी राख्यौ आमा’-नवल नेपाल
फिल्मकर्मी नवल नेपालले माता तिर्थ औसीको दिनमा आमाको योगदान सम्झिएका छन् । उनले आमालाई बोकेको तस्विर सामाजिक संजालमा राख्दै ‘तीन फेर घुमाउन कति गाह्रो, नौ महिना कोखमा राख्न कसरी सकेउ आमा’ लेखेका छन् । लाख बत्ति बाल्ने क्रममा नेपालले आमालाई बोकेको तस्विर संगैको उनको यो भावनाले नवल नेपालकी आमा मात्रै नभएर सम्पूर्ण आमाको आफ्ना सन्तानका लागि आमाको योगदान बयान गरेको छ । इटहरीमा बस्ने ६७बर्षकी आमाको योगदानलाई थोरै शब्दमा मिठो गरी बयान गरेका छन्, नवलले ।
कोरोना भाइरसका कारण घर मै रहेका नेपाली सेलिब्रेटीले यस पटक भने आफ्ना आमालाई सम्झिने मौकाको साथ परिवारसंग समय बिताउने अवसर प्राप्त गरेका छन्।
https://www.facebook.com/photo.php?fbid=2889545354471676&set=a.109527965806776&type=3&theater
प्रतिक्रिया