पिताको निधन सम्झिदै भाबुक बनिन् भूमी पेडनेकर
हालै एक अन्तर्वार्तामा भारतीय अभिनेत्री भूमी पेडनेकरले आफ्नो व्यक्तिगत जीवनसंग सम्बन्धित कुराहरु खोलेकी छिन् । अन्तर्वार्तामा उनले आफ्नो पिताको निधनको प्रसङ्ग सम्झिएर भाबुक बनेकी थिइन् । पिंकभिल्ला वेबसाइटको शो ‘नो मोर सिक्रेट्स’ मा भूमिले आफ्नी बहिनि समीक्षासंगै उक्त अन्तर्वार्ता दिएकी थिईन् ।
उनको पिताको मृत्यु क्यान्सरको कारण भएको थियो । उनले भनिन् – ” बुबाको निधन हुँदा हामी भर्खरकै थियौ, म १८ वर्ष र समीक्षा (बहिनि) १५ वर्ष । हामीले उहाँलाई लामो समय रोग संग लडिरहेको देख्यौ जुन एकदमै दु:खद थियो । हामी उहाँलाई धेरैनै मिस गर्छौ । तर आमाले त्यतिबेला हामीलाई सम्हालेर राख्नुभयो ।”
उनले अगाडी भनिन् – “यो घटना पछि मैले आफ्नो काममा दस गुणा धेरै मिहिनेत गर्न शुरु गरें । हामी त्यतिबेला बढ्दो उमेरमा थियौ र सबै खराब भइरहेको छ भन्ने लागेपछि हामीले परिस्थितिको सामना गर्ने निर्णय गर्यौ । शुरुवातको दुई वर्ष कष्टकर रह्यो तर हामीले एक अर्कालाई हिम्मत दिईराख्यौ । आज त्यो समय सम्झिदा हामीले कसरि त्यो पार गर्यौ भन्ने लाग्छ तर त्यो पार भयो ।
प्रतिक्रिया