बाल्कोनीबाट हामफाल्ने वाला थिए शाहरुख, छोरीले रोकिन् !
शाहरुख खानका अनुसार उनले आइपिएल फ्रेंचाइजी कोलकत्ता नाइट राइडर्स (केकेआर) ले पहिलो म्याच जितेको समय खुसीले बाल्कोनीबाट हामफाल्न लागेका थिए । उक्त समयमा उनकी छोरी सुहानाले उनलाई पछाडीबाट समाएर रोकेकी थिइन् । शाहरुखले यो किस्सा स्टार स्पोर्ट्सको शो क्रिकेट कनेक्टेडमा बताएका थिए । उनले केकेआरसंग जोडिएको यो अनुभव बताएका हुन् ।
उनी भन्छन्, उनले आफ्नो टिमलाई ‘चकदे इण्डिया’ को कविर खानको जस्तै भाषण भने नदिने बताए । आइपिएलमा आफ्न टिमको पहिलो जितको समय सम्झिदै उनी भन्छन्, “म वहा झुण्डीरहेको थिएँ, बाल्कोनीबाट आफु खुसी साट्दै थिए । म्याच जित्ना साथ धेरैले टिम बेच्न समेत सल्लाह दिए । तर म कहिल्यै बेच्दिन । मैले यो नराम्रोसंग भनेको हैन आफु माथिको आत्मविश्वासक कारण बोलेको हो ।”
बाल्कोनी वाला घटना सम्झिदै उनले बाल्कोनीमा खुसि साट्दै गर्दा खस्न लाग्यो सोचेर छोरी सुहानाले समातेकी थिइन् । शाहरुख खान केकेआरका सहमालिक हुन् । उनको साथ जुही चावला र उनका श्रीमान जय मेहेता पार्टनर रहेका छन् । सन् २००८ बाट लगातार आइपिएलमासहभागी टिमले २०१२ र २०१४मा जितेको समेत थियो ।
प्रतिक्रिया