‘के खान अमेरिका गएको’ भन्नेलाई सिपोराको जवाफ

भलिबल खेलाडी तथा मोडल सिपोरा गुरुङले ‘के खान अमेरिका गएको’ भन्ने लाई जवाफ दिएकी छन् । केही समय यता अमेरिकामा रहेर अध्ययन गर्दै गरेकी उनले कोरोनाका कारण अमेरिकामा समस्या रहेको बताएकी थिइन् । यस विषयमा उनलाई उक्त प्रतिक्रिया प्राप्तभएको रहेछ । यसैको जवाफ स्वरूप उनले सामाजिक संजालमा पोष्ट गरेकी छन् । उनले खेल क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर देश छोडेको बताउदै  न्यानो ओछ्यान छोडेर दुख गर्न कसैलाई मन हुदैन भनेकी छन्।