फेक पोष्ट बिरुद्ध एक्सन लिदै जावेद
केही दिन यता भारतीय कलाकार जावेद जफारीको नामबाट एक फेक पोष्ट ट्वीटरमा भाइरल भएको छ । जहाँ उनी थुक लगाएर फलफुल बेच्ने व्यक्तिको समर्थन गर्दै देखिन्छन् । यो फेक पोष्टकोकारण उनको सामाजिक संजालमा टिप्पणी भैरहेको छ । लामो समयबाट यस विषयमा चुप रहेका उनले यस विसयमा कानुनी प्रक्रिया अपनाउने बताएका छन् ।
एक भिडियो सेयर गर्दै उनले उक्त भिडियो आफ्नो नभएको बताए । भिडियो मार्फत उनले फेक पोष्ट सुरु गर्नेको बिषयमा कुरा गरेका छन् । उनले नराम्रो कुरा धेरै छिटो फैलिने बताउदै उक्त पोष्ट रियल नभएको बताएका छन् । साथै आफैँले गरेको ट्वीट त पक्कै रिट्वीट हुन्थ्यो नि होइन ! भनेर भनेका छन्।
I normally don’t post personal videos inspite of being trolled often, but had to now. In a time when humanity is faced with a pandemic and race religion colour country are no concern, some Indians are still indulging in #FakeNews #HinduMuslim #HateMongering.
We need love not hate pic.twitter.com/4ckWzUVE4l— Jaaved Jaaferi (@jaavedjaaferi) April 19, 2020
प्रतिक्रिया