लकडाउनमा सुनिल ग्रोवरको प्रमुख काम – चिया पिउने
कमेडियन सुनिल ग्रोवर सामाजिक संजालबाट विभिन्न पोष्टहरु गर्दै मानिसहरुलाई मनोरंजन दिईरहेका छन् । उनका पोष्टहरुले लकडाउनमा बसेर दिक्क भएकाहरुलाई केहि राहत पनि दिईरहेको छ । हालै उनले फेरी एक रमाइलो भिडियो पोष्ट गरेका छन् ।
भिडियोमा उनले टाउकोमा तौलिया बेरिरहेका छन् र कानमा फोन घुसारिएको छ । फोनमा “आज के गर्नु भयो ?” भन्ने प्रश्नको जवाफ दिदै उनले आफुले चिया पिएको कुरा मात्र गरिरहन्छन् । चार पटकसम्म चिया पिएको कुरा गरेपछि उनि भन्छन् – “अब त्यो चार वटा कप धुन्छु र फेरी एक कप चिया खान्छु” ।
केहि अघि उनले आमिर खान र अजय देवगनको मिमिक्रि गरेर भिडियो पोष्ट गरेका थिए । दर्शकहरुले ति भिडियोहरु पनि अत्यन्त रुचाएका थिए ।
प्रतिक्रिया