धुर्मुस-सुन्तलीको आगामी कदम राहत वितरण


कोरोना भाइरस अर्थात कोभिड १९का कारण विश्वका अधिकांश देशमा लकडाउनको स्थिति छ । नेपाल समेत बिगत २८डन देखि लकडाउनको स्थिति छ । नेपाली कलाकार तथा सामिजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले ‘धुर्मुस सुन्तली फाउन्डेसन’ मार्फत अब भने यो संकटको घडीमा राहत वितरण सुरु गर्ने भएका छन् ।  घरमै रहेर सुरक्षित बस्दै गरेका उनीहरुले आगामी चरणको कार्यक्रम स्वरूप राहत बाड्न लागेका हुन् । घरमा नै बसेर चेतना मुलक भिडियो निर्माण गर्दै गरेका उनीहरुले सम्पर्क नम्बर सहित एक पोष्ट सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै राहत बाड्ने जानकारी दिएका छन् ।
हेरौ उनीहरुको पोष्ट :
याे संकट तथा महामारीकाे बेला लकडाउनको पालना गर्नु हामी सबैको कर्तव्य हो  । हामी पनि लकडाउनको पालना गरी घरबाट नै बिभिन्न सन्देशमुलक सामग्रीहरु बनाईरहेका थियाैं ।

काेराेना संक्रमणका कारण लकडाउन लम्बिदै गर्दा धेरै जनामा अभाव र सङ्कट सिर्जना भएको छ अब यो समयमा सबैजना मिलेर मानविय धर्म पनि निर्वाह गर्नुपर्छ

हामीले पनि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत राहत, उद्दार तथा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरेका छौं याे विषम परिस्थितिमा काेही अभाव तथा संकटमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ l विपतमा पर्नुभएकाहरुलाई सहयाेग गर्न र समन्वयकारी भूमिका निर्वाह गर्न हामी तयार छाैं ।

सम्पर्कका लागि फोन नं. ९८४१७२१४१४/९८४२६८६४००