“कलाकारहरुलाई एम्बुलेन्स चाहिए मलाई सम्पर्क गर्नुस्” – किरण लाकौल
किरण लाकौल थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका कलाकार हुन् । उनी लकडाउनको समयमा आफ्नो पसल खोलेर बसिरहेका छन् र अप्ठ्यारोमा परेका कलाकारहरुलाई सहयोग पनि गरिरहेका छन् ।
उनले मेरोफिल्म सँग कुराकानी गर्दै भने – “पछिल्लो समयमा म पसलमै ब्यस्त छु । बिहान ५ बजे देखी पसल खोली बस्छौ । सरकार ले ९ बजेपछि पसल बन्द गर्न भनेको छ, ९ बजेपछि मात्र हाम्रो दिन शुरु हुन्छ ।” । उनले यतिबेला आफूले केहि कलाकारहरुलाई सहयोग गरिरहेको पनि बताए । उनले भने – “केही कलाकारले आफूहरुलाई अप्ठेरो पर्यो भन्नुभो, मैले सकेको सहयोग पनि गरेको छु । अरु कोही हुनुहुन्छ भने पनि खबर गर्नु होला, सकेको सहयोग गर्नेछु” ।
उनका अनुसार यो बेला सरकारले राम्रो काम गरिरहेको छ । “कालो बजारी गर्ने जोसुकै होस्, ठूलो वा सानो सबैलाई कानुनी कारवाही गरेको छ । राहत पनि एकाध ठाउँ बाहेक राम्रो भाको छ । यो समयमा उपभोक्ता आफै सचेत हुनुहुन्छ तर पनि सानो सुझाब – हतारमा सामान किन्दा उत्पादन मिति हेर्नुहोला, आफू ब्यापार गर्ने हुँदा थाहा भएको कुरा हो” उनले भने ।
लामो समय छायांकनमा समय बिताइरहेको हुनाले उनलाई किचेनमा काम गर्न समय मिलेको थिएन । यसपाली भने उनि किचेनमा विभिन्न परिकारहरु पकाउन सिकिरहेका छन् । त्यस्तै धेरै फिल्महरु पनि हेर्ने गरेका छन् ।
उनिसँग आफ्नै ५ -६ वटा एम्बुलेन्सहरु पनि छ । उनले भने – “५ -६ वटा छन्, कुन कता छ के हुँदै छ बुझ्ने गर्छु, अप्ठेरो पर्दा, ड्राइभर नहुँदा आँफै पनि जान्छु” । उनले कलाकार साथीहरु कसैलाई एम्बुलेन्सको खाँचो पर्यो भने आफुलाई संपर्क गर्न भन्दै आफुले सकेको मद्धत गर्ने बताए ।
प्रतिक्रिया