‘हतियारबिहिन युद्ध मैदानका सिपाही झैँ स्वास्थ्य कर्मचारी’

कोरोना संकट सँग लड्नको लागि भारतमा मे ३ सम्मको लागि लकडाउन चलिरहेको छ । यस समय डाक्टर, नर्स र स्वास्थ्य विभागका कर्मचारी आफ्नो सेवामा दत्तचित्त भएर लागेका छन् । उनीहरुको कामको कदर गर्दै लेखक, गीतकार तथा फिल्ममेकर गुलजारले भारतीय संचार माध्यमबाट एक लेख सार्वजनिक गरेका छन् ।

हेरौ उनको लेखको नेपाली अनुबाद :
मलाई लाग्छ, यो समय हाम्रा डाक्टरहरु र नर्सहरुले यस्तो काम गर्दै छन् जस्तो सिपाहीले युद्धको समय देशको लागि गर्छन् । हामीले देखेका छौ की जसरी गोली बारुदबीच उनीहरुले आफ्नो ज्यानको बाजी लगाउछन् र देश बचाउछन्, अहिले स्वास्थ्य क्षेत्रका व्यक्तिहरु त्यही त गर्दै छन् । आफ्नो ज्यानको बेवास्था गर्दै महामारीको यो समस्याग्रस्त र डरलाग्दो माहोलमा देशबासीको सुरक्षामा दिनरात खटाइरहेका छन् आफुलाई, एक सैनिकले झैँ । उनीहरुको योगदान र हौसला । धेरै ठुलो कुरा त उनीहरुसंग बुलेटप्रुफ ज्याकेटसम्म छैन । न त हातमा बन्दुक नै छ, न इन्जेक्सन जसको प्रयोगले महामारी पार लगाउन सकुन् । हाम्रा स्वास्थ्य सेवक स्वयम् नै यस बिमारीको शिकार हुदै गएका छन् । तर आफ्नो युद्ध मैदान छोडेर भागेका छैनन् । मैदानमा शिर ठाडो पारेरै ज्यानको त्याग गर्दै दुनिया बचाउदै छन् ।

हामीसंग केही पनि छैन जुन हामीले उनीहरुलाई दिन सकौ । कुनै औषधि छ भने पनि उनीहरु नै बनाउदै छन्, आफैँ लड्दैछन् र आफ्नो ज्यान खतरामा डाल्दै छन् । ज्यान दिएर नै सारालाई बचाउदै छन् ।

यो साहसको लागि हामी ऋणी छौ । हामी त बस प्रार्थना गर्नसक्छौ उनीहरुको जिन्दगीको लागि । उनीहरुको लगनको सम्मान गर्न सक्छौ हामी बस । एउटा ढाल, सुरक्षा कवजको रुपमा हाम्रै लागि भनेर ज्यानको प्रयोग गर्दै छन्, उनीहरु । हामी आफ्नो सन्तानलाई डाक्टर बनाउने चाह राख्दछौ किनकी उनीहरुमा छुट्टै ताकत हुन्छ । हामी तपाईहरुको साथ छौ सदैव । र यो सबको लागि धन्यवाद शब्द काफी त पक्कै छैन तर पनि साँचो मनबाट धन्यवाद ब्यक्त गर्छौ ।