न्यु योर्कका कैदीहरुलाई रिहा गर्न अभिनेता वाकिन फिनिक्सको आग्रह
ओस्कार विजेता हलिउड अभिनेता वाकिन फिनिक्सले न्यु योर्कका जेलमा रहेका कैदीहरुलाई आम माफी दिएर रिहा गर्न आग्रह गरेका छन् । फिनिक्सले न्यु योर्कका गवर्नर एंड्रयू कुओमो लाई एक भिडियो संदेश मार्फत उक्त आग्रह गरेका हुन् । उनले भिडियोमा जेलको खराब अवस्थाको बारे पनि बताएका छन् ।
फिनिक्सले भनेका छन् – “म गवर्नर कुओमो लाई जेलमा रहेका कैदीहरुलाई आममाफी दिन आग्रह गर्दछु । तपाईको फैसलामा धेरै मानिसहरुको जीवन निर्भर रहेको छ । कोहि पनि जेल भित्र कोभिड १९ बाट मर्नु हुदैन” । उनले जेल भित्र सामाजिक दुरी कायम राख्न गार्हो हुने र सरसफाई पनि त्यति राम्रो नहुने बताउदै नेताहरुले कैदीहरु र जेलमा काम गर्नेहरुको सुरक्षाको लागि हरसम्भब प्रयास गर्नुपर्ने बताएका छन् ।
A message from Oscar award winning actor Joaquin Phoenix: “I’m calling on @NYGovCuomo to take action in New York by granting clemency to New Yorkers in prison. The lives of so many people depend on his action. No one deserves to die in prison from COVID-19.” #ClemencyNow pic.twitter.com/CEFEkwVTBV
— Release Aging People in Prison Campaign (@RAPPcampaign) April 14, 2020
अमेरिकामा कोरोना भाइरसको संक्रमणको कारण अहिले सम्म ३९ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाईसकेका छन् । सबैभन्दा धेरै प्रभावित राज्य न्यु योर्कमा मात्रै ११ हजार बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया