“गलत बोलेको भए सार्वजनिक माफी माग्छौ” – कंगना रनावत

विवादमा आइरहने  रंगोली चन्देल पुनः एक पटक विवादमा फसेकी छन् । भर्खरै मुरादाबादमा डाक्टर र पुलिसहरुमाथि ढुंगा प्रहार गरेका थिए । यस विषयमा कंगना रनावतकी बहिनि रंगोलीले एक ट्वीट राखेकी छन्, जुन भाइरल बन्न पुगेको छ । उनले ‘यस्तो गर्नेलाई गोली हान्नुपर्छ’ भनेर लेखेकी छन् । सम्बेदनशील विषयमा गरिएको ट्वीटका कारण अकाउन्ट कारवाहीमा परेको छ । यस विषयमा बहिनीको साथ दिदै कंगना समेत सामाजिक संजालमा देखिएकी छन् ।

कंगना टिमको इन्स्टाग्राम मार्फत एक भिडियो सार्वजनिक भएको छ । जहाँ उनले भनेकी छन्, ‘मेरी बहिनी रंगोलीले एक ट्वीट गरेकी थिइन् । जसमा उनले क्लियर तरिकाले भनेकी छन् की डाक्टर र प्रहरीमाथि आक्रमण गर्नेलाई गोली हाने हुन्छ । फराह अली खान जो सुजैन खान की बहिनी हुन् र रीमा कागती जो एक प्रतिष्ठित निर्देशक उनले यो झुटो कुरा गरिरहेका छन् । उनीहरुले मिस्लिमको तर्फबाट दिएको अभिव्यक्ति भन्दै आरोप लगाएका छन् । यस प्रकारको पोष्ट कही पनि देखिदैन जहाँ उनले यो विषय उठाएकी छन् । यदि त्यस पोष्टको संकेत मुस्लिम जोन तर्फ गयो भने म समेत आएर सार्वजनिक माफी माग्ने छु ।‘

 

View this post on Instagram

 

address the controversy around #RangoliChandel’s tweet, and why freedom of speech is important in a democracy.

A post shared by Kangana Ranaut (@team_kangana_ranaut) on