स्वास्थ्यकर्मीको सम्मानमा लेडी गागा लगायतको कन्सर्ट
कोरोना भाइरस संक्रमितको उपचार एवं रोकथाममा विश्वभर खटिएका स्वास्थ्यकर्मीको सम्मानमा चर्चित कलाकारहरुले अनलाइन कन्सर्ट गरेका छन् । शनिबार चर्चित गायिका लेडी गागाको पहलमा ग्लोबल सिटिजन्स र विश्व स्वास्थ्य संगठनको आयोजनामा ‘वान वर्ल्ड टुगेदर एट होम’ नाममा भर्चुअल कन्सर्ट गरिएको हो । ८ घण्टासम्म चलेको कन्सर्टमा सय बढि कलाकारहरुले अनलाइन मार्फत प्रस्तुति दिएका थिए । अमेजन प्राइम भिडियो, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ट्यूनइन, युट्युब, एपल म्युजिक र एपल टिभीमा घण्टौंसम्म कलाकारहरुको आवाज गुञ्जिएको थियो ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने समेत कार्यक्रमको उद्देश्य रहेको लेडी गागाले बताएकी छन् । फ्रन्टलाइनमा रहेको स्वास्थ्यकर्मीको सम्मान स्वरूप उक्त कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया