नेपाल स्टारमा झक्कडलाई टक्कर दिने सुरेश तामाङ
नेपाल स्टारको बर्दिबास अडिसन निकै रोचक देखियो । शनिबार बेलुका ९ बजे प्रसारण भएको नेपाल स्टारका प्रतियोगीहरु पनि थरि थरिका भेटिए । कोही गायनमा सोख भएका त कोही रहर । यहि रहरले आएका पोखराका सुरेश तामाङको प्रस्तुती अरुको भन्दा भिन्न रह्यो । उनी जब स्टेजमा पुगे तब ‘उ जितेर गइ या हारेर गइ’ बोलको गीत आफ्नै तालमा गाउन थाले । उनको गायनले नेपाल आइडलका बेसुरा गायक भनेर चिनिएका झक्कड थापाको झल्को मेटाउथ्यो । साथीहरुले चार पटक सम्म नेपाल स्टारमा जान गरेको अनुरोधलाई नर्कान आफु सहभागी भएको सुरेशले बताएका थिए ।
जजहरुले उनलाई तपाई के गर्नुहुन्छ भनेर सोध्दा झन् रोचक कुरा बाहिर आयो । उनले भने – “म गायन सिक्दै पनि छु र सिकाउदैछु भने ।” यति भनेपछि जज रामकृष्ण ढकाल, आलोक श्री र अन्जु पन्त छक्कै परे । बेसुरामा गाउनेले अरुलाई कसरी सिकायाृे भन्ने त धेरैलाई लागिहाल्छ नि ! उनले पनि नढाटी भनेसी उनले सिकाएका विद्यार्थी कस्ता होलान ।
उनलाई फेरि अर्को गीत गाउन जजहरुले आग्रह गरे । उनले निर्धक्कका साथ बेसुरामा नै ‘आँखाको निद खोसी लाने’ बोलको गीत गाएर सुनाए । उनको गायन र नेपाल अइडलका झक्कडमा कुनै फरक देखिएन । नेपाल स्टारबाट केहि न केहि लिएर आउनु भन्ने साथीहरुको कुरा सुनाए पछि जजहरुले टोकनमा फेरि नआउन भन्दै तिनै जनाको साइन हानेर घर पठाइदिए । त्यहि पाएर प्रतिष्पर्धि सुरेश तामाङ बाहिरिए । उनको मुहारको चमक भने कम भएको थिएन ।
नेपाल आइडलबाट भाइरल बनेका झक्डक थापा अहिले अटो किनेर आफै चलाउन थालेका छन् ।
प्रतिक्रिया