लता मंगेशकरको रमाइलो ट्वीट
भारतीय प्रसिद्ध गायिका लता मंगेशकर आजकल सामाजिक संजालमा सक्रिय रहेकी छिन् । उनि मानिसहरुलाई कोरोनाबारे जागरुक गराउने सामग्रीहरु पोष्ट गरिरहेकी हुन्छिन् ।
यतिबेला भने उनले ट्वीटरमा रमाइलो कुरा पोष्ट गरेकी छिन् । उनले लेखेकी छिन् – ‘नमस्कार, यो तनावको समयमा तपाइँहरुको मुहारमा थोरै भएपनि मुस्कान ल्याउनको लागि … – मेरी भान्जी रचनालाई कसैले आजभोली तिमि कुन गीत सुन्छ्यौ भनेर सोध्यो, उनले भनिन् – पर्दे मे रहेने दो, पर्दा ना उठाओ’ ।
Namaskar. Is tanaav ke vaatavaran mein aap ke cheheron par thodisi muskurahat laane ke liye..Meri bhanji Rachana ko kisine pucha ki aaj kal tum kaunsa gaana sunti ho to usne kaha “Parde mein rehene do parda na uthaao.
— Lata Mangeshkar (@mangeshkarlata) April 18, 2020
यो सन् १९६८ को फिल्म ‘शिकार’ को गीत हो । यस गीतमा लताकी बहिनि आशा भोसलेको स्वर रहेको छ ।
लताले अर्को एक ट्वीट मार्फत मुम्बई प्रहरीको प्रसंशा गर्दै लकडाउनको पालना गराउन सफल भएकोमा धन्यबाद दिएकी छिन् । उनले दिन रात नभनी काम गरिरहेकाहरुप्रति आफुले गर्व गरेको बताएकी छिन् ।
नमस्कार. मैं हमारी मुंबई की पुलिस को हृदयसे धन्यवाद देती हूँ. आप जिस तरह दिन रात की परवाह ना करते हुए अपना काम कर रहे हैं वो प्रशंसनीय है. हम सबको आप पर गर्व है . ईश्वर आप सबको ख़ुश रखे. @MumbaiPolice
— Lata Mangeshkar (@mangeshkarlata) April 18, 2020
प्रतिक्रिया