फ्रन्टलाइन वारियर्स प्रति समर्पित आयुष्मानको कविता
भारतीय अभिनेता तथा गायक आयुष्मान खुरानाले महामारीको विरुद्धको लडाई फ्रन्टलाइनमा रहेर लडिरहेकाहरुप्रति समर्पित एक कविता रचना गरेका छन् ।
उनले आफ्नो सामाजिक संजाल मार्फत उक्त कविता वाचन गरेको भिडियो पोष्ट गरेका छन् । राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल ३५ वर्षीय अभिनेताले उक्त सुन्दर कविता मार्फत शहरको फोहोरमैला सरसफाई गर्नेहरुको इज्जत गर्नु पर्ने बताउदै कुनै पनि काम सानो नहुने धारणा राखेका छन् । उनले पोष्टमा लेखेका छन् – “यी शब्दहरु आफ्नो ज्यान जोखिममा पारेर हामीलाई जोगाउदै हाम्रो लागि लड्ने फ्रन्टलाइन वारियर्स प्रति समर्पित रहेको छ” ।
This is for all the Frontline Warriors ~ fighting for us, saving us, risking their lives for us and our families against coronavirus!
Have written these words to express my gratitude.I salute you.
India salutes you.
Jai Hind! ??? pic.twitter.com/tmKVVNIjmw— Ayushmann Khurrana (@ayushmannk) April 10, 2020
प्रतिक्रिया