विवाहबारे अर्जुन भन्छन् – अहिले कसरी गर्ने

भारतीय कलाकार अर्जुन कपुर बिहिबार आफ्ना केही फ्यानको साथ भर्चुअल डेटमा गएका थिए जसको कारण ३०० मजदुरको खानपानको व्यवस्था गर्न सकुन् । त्यस्तै एक वेवसाइटको लाइभमा समेत उनी देखिएका थिए त्यहाँ उनले आफ्नो काम र व्यक्तिगत जीवनसंग जोडीएका विषयमा जवाफ दिएका थिए ।

यही क्रममा उनलाई एक फ्यानले मलाइका अरोरासंगको विवाहको विषयमा प्रश्न सोधेका थिए । त्यसको जवाफ उनले रमाइलो तरिकाले दिएका थिए । उनले अहिले बिहे कसरी गर्ने र ? भन्दै जवाफ फर्काएका थिए । उनले विवाह गर्ने बेला सबलाई बताएर गर्ने बताएका छन् । “यो स्थितिमा भने विवाहको केही योजना छैन । तर म विवाहको बारे सोचेपछि पक्कै लुकाउने छैन” उनले भने ।