गरे के हुन्न : मोबाइलबाटै भिडियो बनाउदै धुर्मुस-सुन्तली

कलाकारलाई रास्ट्रको सम्पति भनिन्छ । हुन पनि हो, कलाकारले रास्ट्रको गहना कै रुपमा विश्वमा देशको नाम फैलाउन प्रयास गरेका छन् ।कोरोना भाइरसको कारण विश्व नै समस्याको स्थितिबाट गुज्रीरहेको छ  । यसैको सुरक्षाका लागि भन्दै देशले लकडाउन गरेकोको पनि धेरै बितीसकेको छ  । यो स्थितिमा धुर्मुस सुन्तलीले आफ्नो स्थानबाट सकेको सहयोग गरेका छन्  ।

यहि बीच आम नागरिकमा बितृष्णा सिर्जना हुन थालेको छ  । यति सम्म भएको छ की, खान नपाएर बसिरहेको स्थान छोडेर गाउ सम्म हिडेर नै यात्रा तय गर्न थालेका छन्, नेपाली नागरिक  । आज कमाएर आजको छाक टार्ने नेपालीलाई यो स्थितिमा ज्युन गारो भएको छ  । रोग भन्दा भोक ठुलो भएकै कारण धेरैले हिडेरै घरको बाटो तताउन थालेका छन्  । यहि करुणादायी स्थितिमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले दुख समेटेर भिडियो निर्माण गरेका छन्  । यस अघि समेत भिडियो मार्फत चेतना फैलाउदै गरेका उनीहरुले गरेको मेहेनत प्रसंसायोग्य छ  ।

चौतर्फी क्यामेराको बीचमा घेरिएर एक्सन कट गर्ने उनीहरुको प्रयास बिल्कुल फरक छ  । मोबाइलको प्रयोग गर्दै भिडियो खिच्दै छन् , उनीहरु  । त्यति मात्रै कहा हो र ! भिडियो सम्पादनका लागि मोबाइल मै प्रयोग गर्न सकिने एप प्रयोग गरेका छन्  । मेरो फिल्म संग कुरा गर्दै धुर्मुस भन्छन्,’सम्पूर्ण काम, खिच्ने देखि सम्पादन हुदै अपलोड सम्म मोबाइलबाट नै गरेका छौ  । हामीले जे जसरी सक्छौ त्यो त गर्नेपर्छ ।’   स्थिति असामान्य छ  । यस परिस्थितिमा छायांकनमा झैँ, पसिना पुस्दिने मान्छे छेउमा राखेर, टचअप गर्दै खिचेको स्तरको भिडियोको अपेक्षा त गर्न सकिदैन  । तर पनि तर आफुसंग जे जति सामाग्री उपलब्ध छन्,त्यसैको प्रयोग गरेर जनचेतना फैलाउने ऊनीहरुको प्रयासबाट अन्य कलाकारले पनि सिक्न सक्ने छन् ।

दु:ख , पिडा र अभाव मा गुज्रीरहनु भएका श्रमजिवी दाजुभाई तथा दिदिबहिनीहरुमा समर्पित भिडियो lहेरेर सक्दो सेयर गरिदिनु होला है ।

Gepostet von Sitaram Kattel am Freitag, 17. April 2020