दुई भागमा आउनेछ प्रतिक्षित फिल्म ‘ड्युन’
‘अराईभल’, ‘ब्लेड रनर २०४७’, ‘एनिमी’, ‘प्रिजनर्स’ जस्ता फिल्मका निर्देशक डेनिस भिलेनभले फ्र्यांक हेर्वार्टको सन् १९६५ को साइन्स फिक्सन उपन्यास ‘ड्युन’ मा आधारित फिल्म बनाउने घोषणा गरेपछि नै फिल्म बारे धेरै चर्चाहरु हुदै आएको छ । प्रसंशकहरु व्यग्रतासाथ फिल्मको प्रतिक्षा गरिरहेका छन् । तिमोथी सालमे मुख्य भूमिकामा रहेको फिल्मको फर्स्टलुक केहि दिन अघि भ्यानीटी फेयर मार्फत सार्बजनिक गरिएको थियो ।
त्यस्तै निर्देशक भिलेनभले यस फिल्मलाई दुई भागमा बनाउने बताएका छन् । उनले उपन्यासले उठाएको प्राकृतिक स्रोतहरुको दोहनको बिषयबस्तु अहिलेको परिस्थितिमा पनि मिल्दो जुल्दो रहेको भन्दै उपन्यासको सबै कुराहरु एउटै फिल्ममा समेट्न मुस्किल रहेको बताए । धेरै चरित्रहरु रहेको यस पुस्तकमा राजनीति, पर्यावरण, धर्म तथा अध्यात्मिक बिषयबस्तुहरु उठान गरिएको छ । भिलेनभलेले यो फिल्म आफ्नो करियरकै सबैभन्दा कठिन फिल्म रहेको पनि बताएका छन् ।
डिसेम्बर १८ मा रिलिज गर्ने योजना गरिएको फिल्ममा तिमोथी सालमेको साथै रिबेका फेर्गुसन, जोश ब्रोलिन, ओस्कार इज्यक, हाभियर बार्डेम लगायतको अभिनय रहेको छ ।
त्यसैगरि यहि कथाको स्पिनअफ को पनि तयारी हुदैछ, उक्त स्पिनअफ वार्नर ब्रोदर्सको स्ट्रिमिंग सर्भिस एचबिओ म्याक्समा प्रदर्शन हुनेछ । भिलेनभ यस प्रोजेक्टमा पनि जोडिएका छन् ।
‘ड्युन’ उपन्यास माथि चर्चित फिल्म निर्देशक डेभिड लिन्चले सन् १९८४ मै फिल्म बनाएका थिए तर फिल्म असफल भएको थियो । त्यस्तै सन् २००० मा यहि उपन्यास माथि टेलीभिजन सिरिज पनि बनेको थियो ।
प्रतिक्रिया