मुम्बई प्रहरीको अभियानमा श्रद्धा कपुरको साथ
मुम्बई प्रहरीले मानिसहरुलाई कोरोना प्रति सचेत गराउनको लागि हिन्दि फिल्मका सम्बादहरुको प्रयोग गरिरहेको छ । हालै मुम्बई प्रहरीको अधिकारिक ट्वीटरमा बलिउड अभिनेत्री श्रद्धा कपुर अभिनित फिल्म ‘स्त्री’ को चर्चित सम्बाद ‘ओ स्त्री कल आना’ लाई परिवर्तन गरेर ‘ओ कोरोना कभी मत आना’ लेखिएको थियो ।
साथै उक्त पोष्टमा बाहिर ननिस्किनुनै कोरोनाबाट बच्ने एक मात्र सुरक्षित उपाय हो भनि लेखिएको थियो । मानिसहरुलाई बलिउडको सम्बादहरु याद हुने हुनाले यो तरिका प्रभाबकरी हुने सोचेर मुम्बई प्रहरीले यस्तो गरेको हो ।
The only mantra we need to keep #EverySTREEtSafe is not to venture out on the STREEts #TakingOnCorona #coronavirus #CoronavirusOutbreakindia #COVIDー19 pic.twitter.com/1JpYXXUk9Y
— Mumbai Police (@MumbaiPolice) April 9, 2020
अभिनेत्री श्रद्धा कपुरले उक्त पोष्ट माथि सहमति जनाएकी छिन् र उक्त पोष्ट आफ्नो इंस्टग्राममा शेयर गरेकी छिन् । उनले पोष्टमा लेख्केकी छिन् – “एकदम साँचो, सबैलाई सुरक्षित राख्ने एक मात्र मन्त्र हो – हामी सडकमा ननिक्लनु” ।
बलिउडका अन्य धेरै फिल्मकर्मीहरुले लकडाउनलाई साथ दिईरहेका छन् भने जनचेतनाको लागि संदेशहरु पनि दिईरहेका छन् ।
प्रतिक्रिया