“सनसिटीमा कोरोना संक्रमणले त्रसित बनाएको छ” – गायक शिव परियार
कागेश्वरी मनोहरा नगरपालिका ९, काँडाघारी स्थित पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एउटै परिवारका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गायक शिव परियार लगायत उनी बस्ने निलगिरी टोल त्रसित अवस्थामा छन् ।
उनले मेरो फिल्मसँग कुरा गर्दै भने, “मेरो टोल निलगिरी हो । यहाँबाट ७० फिटको दूरीमा छ सन सिटी । तर त्यहाँ बस्ने परिवार जसलाई कोरोना पुष्टि भयो, उनीहरु चेत्र ५ गते वेलायतबाट नेपाल आएका हुन । उनीहरुले त्यहाँ दैनिक उपभोग्य स्थान तथा वरिपरी एटीएम प्रयोग गरे । उनीहरुको आन्तरिक चुनाव पनि भयो । यसले कतिमा कोरोना सर्यो भन्ने लेखाजोखा नै भएको छैन ।”
उनले भने, “पहिला त संगीत साधना गर्थे, बस्थे तर अहिले यो कोरोनाको पुष्टि भएपछि दिमाग नै घुमेको जस्तो भएको छ । के गर्ने गर्ने । सबैले यही कुरा गर्छन् । माहोलनै बिग्रिएको जस्तो लाग्छ ।”
उनले सरकारले समयमै उचित व्यवस्थापन नगरेको गुनासो गरे । उनले भने, ” विदेशबाट आउनेहरु क्वारेन्टाईनमा नबसेर सबैलाई कोरोना सर्ने वातावरण बन्यो । अपार्टमेन्ट तथा सरोकर वाला सबैको परीक्षण गर्न सम्बन्धित निकाए संग आग्रह गरिएको छ । त्यस पछी मात्र हामी वरपरका बसिन्दा सुरक्षित महसुस गर्नेछौं ।
प्रतिक्रिया