ऋतिक रोशनको ‘सुपर ३०’ चीन प्रदर्शन पक्का

ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ चीनमा रिलिज हुने पक्का भएको छ । स्थिति समान्य भएपछि फिल्म चीनमा रिलिज हुने बताइएको छ । २०१९ मा भारतमा प्रदर्शनमा एको फिल्म चीनका लागि सेन्सर भइसकेको निर्माण पक्षले बताएको छ ।

कोरोनाको संक्रमणका कारण बन्द भएका चीनका हलहरूमा चहलपहल सुरु भएको छ । केही हलहरू खुलिसकेका छन् भने केही हलहरू खुल्ने तयारीमा छन् ।