प्रेम गर्न लकडाउनले नरोक्ने -अनुपम खेर

लकडाउनका बीच अनुपम खेरले शुक्रवार ‘खुद से बातचित सिरिज’ को अर्को भिडियो सामाजिक संजाल मार्फत सेयर गरेका छन् । जहाँ उनले लक डाउन नहुने बिषयको उठान गरेका छन् । अर्थात लकडाउनले असर नगर्ने विषयको चर्चा गरेका छन् । उनले लेखेका छन् कति धेरै विषय लकडाउनमा आउदैनन् । यी लाइन सुनेर तपाइँ मज्जा लिन सक्नुहुन्छ । परिवारसंग समय बिताउन, माया गर्न, किताव पढ्न, सिर्जनात्मक काम गर्न लकडाउनले नरोक्ने उनको तर्क छ । यसलाई लकडाउनको सकारात्मक पक्ष भन्न सकिन्छ ।