मजदुरका लागि किरण केसीको सहयोग

हाँस्य कलाकार किरण केसीले कोरोना भाइरसका कारण नेपाल लकडाउन भएको समयमा महालक्ष्मी नगरपालिकालाई सहयोग गरेका छन् ।

समस्यामा परेका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका लागि भन्दै उनले सय बोरा चामल र दश हजार माक्स नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । विपन्न परिवारलाई नगरपालिकाले सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गर्ने बताइएको छ । उनले यस अघि समेत धेरै सहयोग गरेका छन् ।