चिकित्सा पेशामा फर्किईन् मिस इंगल्याण्ड

सन् २०१९ की मिस इंगल्याण्ड भाषा मुखर्जी चिकित्सा पेशामा फर्किएकी छिन् । बेलायतमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला २४ वर्षीय मुखर्जीले यस्तो कदम चालेकी हुन् । उनी १४ दिन घरमै आइसोलेसनमा बसेर चिकित्सा पेशामा फर्किएकी हुन् ।

यस अघि उनि विभिन्न देशमा सामाजिक तथा मानबअधिकारबादी कार्यक्रमको एम्बेसडर बनेर कामहरु गरिरहेकी थिइन् । कोरोना फैलिनु भन्दा अघि उनि भारतमा थिइन् र अवस्था खराब हुदैगए पछि उनि बेलायत फर्केकी थिइन् । बेलायतमा उनले आफुले पहिले काम गरेको पिल्ग्रिम हस्पिटलका साथीहरुको माध्यमबाट परिस्थिति नाजुक रहेको थाहा पाएपछि उनले पनि साथीहरुलाई कोरोना विरुद्धको लडाईमा सघाउने निर्णय गरेकी हुन् । उनले पिल्ग्रिम हस्पिटलमै जुनियर डक्टरको रुपमा काम गर्दै छिन् ।

सन् २०१९ को डिसेम्बरमा मिस वर्ल्डमा भाग लिएपछि उनले आफ्नो पेशा छोडेकी थिइन् ।