‘दिल्ली क्राइम’ अभिनेत्री शेफाली शाहको फेसबुक ह्याक, कोरोना बारे गलत सूचना पोष्ट
केहि दिन अघि भारतीय अभिनेत्री शेफाली शाहको फेसबुक एकाउन्ट बाट उनि र उनको परिवारलाई कोरोनाको संक्रमण भएको भन्ने पोष्ट आएको थियो । यस बिषयमा एक इन्स्टाग्राम पोष्ट मार्फत उनले आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको बताएकी छिन् ।
शेफालीले आफ्नो लामो पोष्टमा आफु र आफ्नो परिवार स्वस्थ रहेको भन्दै मानिसहरुले आफुहरु प्रति देखाएको माया र चासोप्रति खुशी ब्यक्त गरेकी छिन् ।
शेफालीले सन् १९९५ को फिल्म ‘रंगिला’ मा छोटो भूमिका गर्दै डेब्यु गरेकी थिइन् । उनि ‘सत्या’, ‘वक्त’, ‘द लास्ट लियर’, ‘दिल धड्कने दो’ जस्ता फिल्मका लागि चिनिन्छिन् । युट्युबमा आएको उनको छोटो फिल्म ‘जुस’ र नेटफ्लिक्सको चर्चित्र सिरिज ‘दिल्ली क्राइम’ मा उनको दमदार अभिनय दर्शकहरुले रुचाएका छन् ।
प्रतिक्रिया