लकडाउनमा घरमै परिवारसँग गेम खेल्दै नायिका अनुष्का शर्मा
भारतीय अभिनेत्री अनुष्का शर्मा तथा उनको क्रिकेटर पति विराट कोहली लकडाउनमा घरमै परिवारसँग गेम खेल्दै बसिरहेकी छिन्।
उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘यो हाम्रो पहिलो हेरचाह गर्ने व्यक्ति हो। हामी परिवारबाट सिक्छौ की जीवन कसरी चलाउनु पर्छ।’
उनी थप्छिन्, ‘कसरी चल्नुपर्छ, कसरी खानुपर्छ, कसरी सामाजिकीकरण गर्नुपर्छ र कसरी दुनियाँलाई सामना गर्नुपर्छ। उहाँहरु हाम्रो लागि प्रारम्भिक अनुकुलको निर्माण गर्दछ। जसको प्रभावमा हामीमा जहिल्यै परिरहन्छ। आज हामी जुन दुनियाँमा बस्छौं नि त्यहाँ धेरै अनिश्चितता छन् र मलाई थाहा छ की तपाइमध्ये सबैले आफ्नो परिवारबाटै सान्तवना पाइरहनु भएको छ।’
उनले लकडाउनमा परिवारसँग लाभ उठाउन आग्रह समेत गरेकी छन्। उनी भन्छन्, ‘ परिवारसँग हास्नुस्, मुस्कुराउँनुस्, माया दिनुस्, झगडा नगर्नुस्, बलियो र स्वस्थ बानीको विकास गरुम।’
अनुष्का लेख्छिन्, ‘आफ्नो जीन्दगीसँग जोडिएका सबै मूल्यभन्दा बढी तपाइ घरमै बस्नुस्।धेरै फाइदा उठाउनुस्।आफ्नो जीन्दगीको बारेमा सोच्नुस् र भोलिको लागि प्रार्थना गर्नुस्।’
अन्तिममा अनुष्का पीएस गर्दै लेख्छिन्, ‘हामीलाई परिवारसँग मोनोपोली हुन्छ की भन्ने डर थियो तर त्यसमा सबै प्रतिस्पर्धी कोही भएन। सबै सुपर क्लोज भयौ। के तपाइ अनुमान लगाउन सक्नुहुन्छ कस्ले जित्यो ?’
प्रतिक्रिया