कम्प्युटर सिक्दै भंसाली, शाकाहारी बने संजय दत्त : सन्दीप सिंह

लकडाउनको कारण भारतीय सेलिब्रेटीको दैनिक जीवनमा परिवर्तन आएको छ । यहाबाट बुझ्न सकिन्छ आम मानिसको जीवनमा यस्को असर कति सम्म परेको होला । संजय दत्त साहकारी भएका छन् । मोनी राय दुबईमा अड्किएकी छन् । यो सबको जानकारी फिल्म निर्माता सन्दिप सिंहले दिएका हुन् ।

भारतीय संचार माध्यमसंग कुराकानी गर्दै उनले यस विषयमा बताएका हुन् । यी दिनहरुमा ठुला ठुला कलाकार सहयोग त गर्दै छन् । तर उनको दैनिक जीवन र बानीमा धेरै परिवर्तन आएको छ । २० बर्षबाट यो क्षेत्रमा सक्रिय रहेका उनले अहिले सम्म कसैले पनि फोन एकै पटकमा उठाएको थाहा नभएको बताउदै  हाल धेरैले आफैँ फोन गर्ने र आराम रहेको नरहेको सोध्ने गरेको बताए । पैसा माग्न या केही कामको लागि मात्रै फोन गर्ने उनीहरुले यसै पनि फोन गरेर सम्झिन थालेका छन् ।

कम्प्युटर सिक्दै भंसाली
संजय लीला भंसाली पछिल्लो २५बर्षमा धेरै कम समय आमाको साथ बिताएका छन् । यी दिनहरु भने उनी आमाको साथ बसेर फिल्म हेर्दै छन् । नेटफ्लिक्समा वेव सिरिज खोजेर हेर्न थालेका छन् । सन्दीपका गुरुको साथै साथी समेत रहेका भंसालीको उनीसंग घन्टौ कुरा हुने गर्छ । पछिलो समय दुवै ब्यस्त भएर कुरा हुन पाएको थिएन । लक डाउनले यो अवसर जुराएको छ ।  आफ्नी आमाको अनुरोधमा संजय ‘वौर’ हेर्दै छन् । आज उनलाई थाहा भएको छ की कम्प्युटर कति जरुरी छ । संजय फिल्मको काममा यति सम्म डुबेका थिए की उनी कम्प्युटर र ह्वाटस्एपको बारेमा अन्जान नै थिए । अहिले भने उनी यो सब बिषयमा ध्यान दिन थालेका छन् । उनी मेल चलाउन, अन्य नयाँ एप प्रयोग गर्न सिक्दै छन् । उनीसंग आफ्नो पर्सन ल्यापटप समेत छैन । उनको अफिसमा त छ तर उनको आफ्नै भने छैन । उनलाई फेसबुक, इन्स्टाग्राम, ट्वीटर समेत चलाउन जान्दैनन् ।

संजय दत्तले मध्यपान र मासु छोडे
संजय दत्तकी श्रीमती मान्यता र २ सन्तान दुबईमा रहेका छन् । त्यसैले उनी घरमा एक्लै भएका छन् । उनले माछा मासु खाना छोडेका छन् । साथै उनले मध्यपान गर्न समेत छोडेका छन् । पछील्लो समय सन्दीपसंग कुरा गर्दै उनले रामायण, महाभारत र घरको विषयमा बताएका थिए । उनले जेलमा रहदा समेत ग्रहको बारेमा अध्ययन गरेका थिए । उनलाई संजयको प्रतेक दिन बिहान ९ बजे म्यासेज आउछ । कति बेला सुत्यौ ? के हेर्दै छौ ? नन्भेज खाएको छैनौ नी ? कसैलाई भेटेर हात धुन नभुल्नु है भन्दै उनी म्यासेज गर्छन् ।

विवेक भने नयाँ संस्था खोल्ने तयारीमा रहेका छन् । जसको माध्यमबाट पैसा जम्मा गरेर सरकारलाई सहयोग गर्ने उनको योजना छ । मौनी रायले दुबईबाट म्यासेज गर्दै उनको नाममा मजदुरलाई सहयोग गर्न आग्रह गर्छिन् । दुबईमा एक बिज्ञापन छायांकनको लागि गएकी उनी उतै अड्किएकी हुन् । मनोज बाजपेयी एक सुटका लागि देहरादुन गएका थिए । उनी उतै अड्किएका छन् ।

फिल्म जगतका व्यक्ति नाफा नोक्सान, व्यवसाय भन्दा पनि सामान्य कुरामा अड्किएका छन् । अहिले उनीहरुलाई पनि मानवता ठुलो लागेको छ । अहिलेको स्थितिमा कसरी आफुलाई सुरक्षित राखौ भने चर्चाको मुख्य बिषय छ । लकडाउनलाई लिएर सिंह सकारात्मक देखिए । उनका अनुसार अब फिल्म क्षेत्रमा रोजगारी बढ्ने छ ।