दाउरा बालेर खाना बनाउदै आर्यन सिग्देल

कलाकर्मीहरु लकडाउनको समयमा घर बस्दा बिबिध क्रियाकलापका फोटो भिडियो हरु पोष्ट गरिरहेका छन् । लकडाउन पालना गरेर घरमै बसिरहेका अभिनेता आर्यन सिग्देलले फेसबुकमा दुई फोटोहरु पोष्ट गरेका छन् ।


उनले दाउरा बालेर खाना बनाइरहेको फोटोहरु पोष्ट गर्दै ‘आगोमा पकाएको खानाको स्वाद नै बेग्लै’ लेखेका छन् ।

पोष्ट गरेको दुई फोटोमा आर्यन पिर्कामा बसिरहेका छन्, उनको हातमा ढुङ्ग्रो छ र कुकरमा केहि पाकिरहेको छ । उनले उक्त पोष्ट मार्फत सबैलाई घरमै सुरक्षित बस्न पनि भनेका छन् ।

आगोमा पकाएको खानको स्वाद नै बेग्लै ।STAY HOME…STAY SAFE..

Gepostet von Aaryan sigdel am Montag, 6. April 2020