‘क्विन्स वर्ल्ड फिल्म फेस्टिभल’ मा उत्कृष्ट बने नेपाली अभिनेता एवन राज उप्रेती
अभिनेता एवन राज उप्रेतीले ‘१०औँ क्विन्स वर्ल्ड फिल्म फेस्टिभल’ मा उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् । एवोनले फिल्म ‘चक्कर’ का लागि उक्त अवार्ड पाएका हुन् ।
अनुष्क रौनियारको निर्देशन रहेको ‘चक्कर’ लाई नेसनल मिडिया प्रोडक्सन्स र केटिएम आर्ट हाउसले संयुक्त रुपमा निर्माण गरेको हो । निर्देशक अनुष्ककै लेखन रहेको फिल्ममा रबिन आचार्य र अनुष्कको छायांकन रहेको छ । फिल्मका निर्माता रबिन आचार्य हुन् । अघिल्लो बर्ष साउनमा रिलिज भएको फिल्मले समिक्षकहरुबाट सकारात्मक प्रतिक्रियाहरु पाएको थियो । फिल्ममा एवोनका अलावा सृजना सुब्बा, अर्पण थापा, ऋचा शर्मा, भोलाराज सापकोटा, स्मृति पोखरेल लगायतको पनि अभिनय रहेको छ ।
एवोनले यस अघि ‘कामचोर’, ‘केटिएम ककटेल’, ‘१२ सत्ताइस’ लगायतका फिल्ममा पनि अभिनय गरेका थिए । अनुष्क रौनियारकै निर्देशन रहेको ‘गेटिंग बाइ’ मा पनि उनले अभिनय गरेका छन् । ‘गेटिंग बाइ’ निर्माण सम्पन्न भैसकेर रिलिजको तयारीको क्रममा रहेको छ ।
मार्च १९ देखि २९ सम्म अमेरिकामा सम्पन्न भएको ‘क्विन्स वर्ल्ड फिल्म फेस्टिभल’ मा नेपाल बाट फिचर न्यारेटिभ विधामा ‘चक्कर’ र शर्ट न्यारेटिभ विधामा ‘हन्ड्रेड रुपिज’ छनोट भएका थिए । शर्ट फिल्म ‘हन्ड्रेड रुपिज’ का निर्देशक टिआर गौडेल हुन् ।
प्रतिक्रिया