गाईगोठमा भेटिए ‘पुरानो बुलेट’ निर्देशक राई
फिल्म पूरानो बुलेट निर्देशक भिषण राई लकडाउनको समय घरमा बिताउदै छन् । कोरोना महामारीले विश्वमा आतंक सिर्जना गर्दै गर्दा उनी भने राजधानी छोडेर घर सुनसरी लागे । यो भन्दा एक महिना अगाडी समेत घर पुगेका उनले उक्त समय पर्यटन बर्ष २०२० को लागि केही योगदान दिन सक्ने विषय बस्तु सेयर गरेका थिए । उक्त समय पुर्व घुमेर बिताएका उनी यो पटक भने घरमा नै रहेका छन् ।
आफ्ना बाबुसंग गाईको गोठमा देखिएका उनी गाई दुहुन सिक्दै छन् । केही तस्विर सेयर गर्दै उनले आफु जति पढेलेखे पनि बाबुबाट सिक्न धेरै बाकी रहने उल्लेख गरेका छन् ।
सामाजिक संजाल मार्फत केही न केही सन्देशमुलक बिषय सेयर गरि नै रहने उनले पछिल्ला केही दिन भने ज्ञानबर्दक किस्सा सेयर गर्दै बिताएका छन् । सामाजिक संजाल मार्फत नै उनले चैत बैशाखको आधिबेहरीका कारण हुने आगलागी, राहतको नाममा नजिकिदा सर्न सक्ने कोरोना लगायत विषयमा आवाज उठाएका छन् । लामो समय राजधानी मै बिताउने उनले यो समयलाई परिवारको साथ बिताउने एक अवसरको रुपमा समेत लिएका छन्।
प्रतिक्रिया