कमेडियन कपिल भन्छन्, ‘सुनशान सडकले दिक्क लागिसक्यो, चाँडै चहलपहल देख्न पाइयोस्’
चर्चित भारतीय कमेडियन कपिल शर्माले कोरोना भाइरसले सडक सुनशानले आफूलाई गाँजेको बताएका छन्।
उनले एक इन्टरटेनमेन्ट च्यानलसँग कुरा गर्दै भनेका छन्,’ मुम्बइमा बसेको पहिलो पटक म कोइलीको आवाज सुनिरहेको छु। यस्तो कहिल्यै भएको थिएन। सडक सुनशान छ, नरमाइलो लागिरहेको छ। म चाहन्छु सडकमा मानिसहरुको चहलपहल चाँडै होस्।कोरोना हटेर सामान्य जीवनमा फर्किउन मानिसहरु। ‘
उनले आजभोली छोरीसँग खेल्ने र खाने अनि सुत्ने काम मात्र भएको बताएका छन्। उनले भनेका छन्, ‘ आजभोलि सँधै छोरीसँग खेल्ने, खाने र सुत्ने काम मात्र हुन्छ मेरो।’
छोरीलाई हेरचाह र समयमा सुताउने काम कम्तिमा पनि १० दिन भएको थियो। फेरि रुटिन चेन्ज भयो। अब त छोरी पनि दिक्क भइसकिन्। आफू दिनभरी घरमा बस्दा कुनै काम नगरेको छोरीले पनि सोच्ने गरेको उनको भनाइ छ।
प्रतिक्रिया