लकडाउनमा खाना पकाउँदै, पुस्तक पढ्दै श्रेया घोसाल
चर्चित भारतीय गायिका श्रेया घोसाल लकडाउनको समयमा घरमै बसेर बिताइरहेकी छिन् । उनी आजभोलि घरमा खाना बनाउँदै आएकी छिन् भने घरको सरसफाइमा पनि विशेष ध्यान दिँदै आएकी छिन् ।
घरमै बसेर गीत गाउनु र रियाज गर्नु पनि उनको दिनचर्या नै बनेको छ भने बेला बेलामा उनि पुस्तक पनि पढिरहेकी छिन् । उनलाई एक फ्यानले ट्वीटरमा तपाई कसरी समय बिताइरहनु भएको छ भनेर प्रश्न गर्दा जवाफमा उनले भनिन्, ‘खाना बनाएर, घरको सफाइ गरेर, गीत गाएर, रियाज गरेर, पढेर अनि सुतेर बिताइरहेकी छु ।’ यसका साथै उनले आफू अहिले धेरै रोचक पुस्तक ‘सेपियन्स’ पढिरहेको बताएकी छिन् ।
प्रतिक्रिया