“तैमूरलाई हजुरबुबा स्व. राज कपुरसँग भेटाउने इच्छा थियो” – करिना कपुर

बलिउड नायिका करिना कपूर खान र सैफ अली खानका छोरा तैमूर अली खान निक्कै चर्चामा हुने गर्छन् । हालै एक अन्तर्वातामा करिना कपूरले आफनो छोरा तैमुरलाई आफ्नो स्व. हजुरबुबा र जिजु बाजेलाई भेटाउने चाहना रहेको बताएकी छिन् ।

उनले भनेकी थिइन्, ‘यदि उसको हजुर बुवा मंसुर अली खान पटौदी र स्व. जिजुबाजे राज कपुरसँग तैमूरलाई भेटाउन पाए म असाध्यै खुसी हुन्थे । मेरो यही चाहना थियो ।’