मृत्युलाई जितेका प्रधानमन्त्री भन्दै निर्देशक भट्टराईको पत्र
फिल्म निर्देशक दिवाकर भट्टराईको एक पत्रको चर्चा सबै तिर छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै लेखिएको पत्र उनले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । पत्रमा उनले घुमाउरो भाषामा सरकारको काम प्रति व्यंग्य गरेका छन् । साथै अरु सबै बिषय छोडेर भ्रस्टाचार बन्द गर्न गराउन प्रधानमन्त्री समक्ष अनुरोध गरेका छन् । जनताको आशा र रगत पसिना माथि नखेल्न उनले अनुरोध गरेका छन् ।
हेरौ उनको पत्र :
तपाईं त मृत्यु लाई पनि पटक पटक जित्ने मान्छे…! आखिर को सङ हार्दै हुनुहुन्छ सम्माननिय प्रधानमन्त्री ज्यु … ?
थाहा छैन तपाइँको मन दुख्छ कि दुख्दैन …तर मेरो मन असाध्यै दुख्छ मेरो प्यारो प्रधानमन्त्री ज्यु जब जब मिडियाहरुमा भ्रष्टाचारको खबरहरु पढ्छु । अझ तेस्मा पनि हजुरको आशिर्वाद पाएका हजुरकै प्यारा मान्छेहरुको नामको लामो लिस्ट नै देख्छु ।
तर मलाई पटक्कै लाग्दैन सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि भ्रष्टाचारमा सम्लग्न हुनुहुन्छ …किनकी उहा झापा बिद्रोह गरेको एक योद्दा हो बर्शौ सम्म प्रजातन्त्र अनि गणतन्त्रको लागि जेल नेल भोगेको कम्युनिस्ट क्रान्तिकारी हो…अनि एक्लै भारतीय नाकाबन्दीको बिरुद्धमा लडेको नेता हो …अह हुनै सक्दैन झन हजुरको त्यो पेचिला उखान टुक्का अनि भाषण सुन्दा मलाई लाग्छ तपाईं एक सच्चा कम्युनिस्ट नेता हो अनि कसरी बिस्वास गरौ ….? हजुरले त के हजुरको वरिपरि रहेका कोहि कसैले पनि भ्रष्टाचार जस्तो घिर्णित काम गर्न सक्छ । पाप लाग्छ..! सोच्न पनि हुन्न तर फेरि अर्को दिन मिडिया न्युज पढ्छु त्यही समाचार ! झन कोरोना जस्तो माहामारीमा पनि भ्रष्टाचार भएको सुन्दा त भतुक्क नै भए प्रधानमन्त्री ज्यु …!
दुनियाँ यो महामारी बिरुद्द लडिरहेछ हामी काहा यो माहामारी भ्रष्टाचार गर्ने नया बहाना बनिरहेछ कस्तो बिडम्बना है ।
कम्युनिस्टहरु सर्बहारा बर्गको उत्थानका निम्ति लड्ने मान्छेहरु हुन अनि तेहि सर्बहारा बर्ग जो खाडीको ४५/५० डिग्रीमा दिनरात आफ्नो ज्यानको बाजि लगाएर बगाएको खुन पसिनामा कसरी भ्रष्टाचार गर्न सक्छन है ! ती भ्रष्टाचारिको कस्तो मन होला है अलिकति पनि नदुख्ने ? यो त कम्युनिस्ट सरकार …फेरि कम्युनिस्ट हरु त क्रान्तिकारी हुन्छन हैन र ? अनि यो कस्तो क्रान्ति हो जहाँ जनताको खुन पसिनामा भ्रष्टाचार हुन्छ । कसम यी भ्रष्टाचारीलाई पाप लाग्छ सात पुस्ता सम्म त्यो खुन पसिनाले पोल्छ ! सारा नेपालीको श्राप लाग्छ प्रधानमन्त्री ज्यु किनकी मेरो जस्तै सबैको मन दुखेको छ ।
हामी जस्तो मरेर के लानु छ र भन्ने बर्गमा पर्नु हुन्न तपाईं …बाचेर जति पाउनु हुन्छ मरेर त्यो भन्दा धेरै लाने बर्ग को मान्छे हो तपाईं बिन्ती छ प्रधानमन्त्री ज्यु अरु केही नगरेपनी यो देशलाइ भ्रष्टाचारबाट मुक्त गर्दिनुस सताब्दी सताब्दी सम्म तपाइको गुन जगतले गाउनेछ ।
मेरो प्यारो प्रधानमन्त्री ज्यु तपाईं त मृत्यु लाई पनि जित्ने योद्धा हो यसरी आफ्नै मान्छे संग नहार्नुस तपाइलाई तपाइकै आफ्ना भन्ने मान्छेहरुले नै हराउदै छन । इतिहास साक्षी छ राजनेता र राजनितिक पराजयमा यो सबैभन्दा ठुलो खतरा हो । तपाईंले हार्नु भनेको देशले हार्नु हो । तपाईंको अघि पछि सारा नेपाली छन तपाई 8/10जना भरौटे हरुको पछि नलाग्नुस ।
सम्माननिय प्रधानमन्त्री ज्यु तपाईं त मृत्यु लाई जित्ने मान्छे हो आखिर किन आफ्नै मान्छेसंग हार्दै हुनुन्छ ?
जय नेपाल
जय नेपाली
तपाईंको शुभचिन्तक
दिवाकर भट्टराई
प्रतिक्रिया