दिपकराज गिरिको लकडाउन अनुभव – “घमण्ड त्याग्नुस, म पनि त्याग्छु” (भिडियो)

दिपकराज गिरिले फेसबुकमा एक भिडियो पोस्ट गरेका छन् । भिडियो मार्फत उनले आफुले लकडाउनको दिन नगनेको भन्दै अरुलाई पनि दिन नगन्न सुझाब दिएका छन् । भिडियोमा उनले घर बस्दा आफुले संजय दत्तको बायोपिक फिल्म ‘संजु’ हेरेको भदै फिल्मको एक दृश्यको प्रसङ्ग माथि कुरा गरेका छन् । फिल्मको एक दृश्यमा जेल सजाय भोगिरहेको मुख्य पात्रलाई अर्को कैदीले दिन नगनी बस्यो भने समय छिट्टै बित्ने र दिन गन्न थाल्यो भने समय लामो लाग्ने भन्दै दिन नगनि बस्न सल्लाह दिन्छ ।

गिरिले आफु एटिएम मेसिनमा गएको र गार्ड संग बुझ्दा दिनको ४-५ जना मान्छे मात्र आउने गरेको प्रसङ्ग निकाल्दै ‘आजकल पैसालाई पनि क्वारेंन्टाइनमा बस्नुपरेको छ’ भनेका छन् । त्यस्तै दिनको १५ वटा लाश जलाइने पशुपतिको बिधुतिय शवदाह गृहमा आजकल २-३ वटामात्र लाश हुने भन्दै लकडाउनको कारण दुर्घटनाहरु पनि कम भएको उनले बताए । यसलाई उनले लकडाउनको सकारात्मक पक्षको रुपमा लिएका छन् । भिडियोको अन्त्यमा उनले सबैलाई घमण्ड त्याग्न भन्दै आफुले पनि त्याग्ने बताएका छन् ।

जे अनुभव गरे ……

Gepostet von Deepak Raj Giree am Dienstag, 31. März 2020