केकी अधिकारीको लकडाउन: दिनदिनै नयाँ परिकार बनाउन सिक्दैछु, फिल्म र पुस्तक पढ्दैछु

सरकारले देशभर लकडाउन लगाउँदा नायिका केकी अधिकारी यतिबेला नियमको पालना गर्दै घरमै बसिरहेकी छिन्। पोखरामा चलिरहेको सुटिङ ‘परदेशी-२’लाई तत्काल स्थगन गरेकी छिन् भने कमेडि च्याम्पियनको वर्ल्ड टूर पनि स्थगन गरिएको उनले मेरो फिल्मलाई जानकारी दिइन्।

उनले भनिन्, ‘ म क्वारेन्टिनमा बसेको आज ठीक १० दिन भयो। तर सरकारले लगाएको आज आठौ दिन हो क्यार! मैले थाहा पाउने बित्तिकै सुटिङहरु रोके र सरासर पोखराबाट घर आए अनि क्वारेन्टिनमा बस्न थाले।’

घरमा बसेर उनले घरको वातावरणलाई झन नजिकबाट बुझ्ने मौका पाएको र भान्साको काम पनि सिकेको बताइन्। तपाइले घरमा नयाँ काम के सिक्नुभयो भन्ने प्रश्नमा उनले भनिन्, ‘ खासमा किचेनको काम सिके। आलुचप बनाउन सिके। आमा लगायत परिवारसँग भेट्ने अवसर पाएँ।रमाइलो भइरहको छ।’

लकडाउनको बेला उनी भने दिउँसोतिर फिल्मकै पुस्तक पढिरहेकी छिन्। उनी भन्छिन्,’ मलाई पुस्तक पढ्न एकदमै मन पर्छ। हेर्न नपाएका र पुराना फिल्महरु हेरिरहेको छु। कुकिङमा इन्टेरेस्ट बढाइरहेकी छु।दिन दिनै एउटा डिस पकाउन सिकिरहेकी छु।’

यसका उनले लकडाउनले हामी सबैलाई धैर्यता सिकाएको बताउँदै कसरी सहनशीलता र दु:खलाई पनि सामना गर्ने सामर्थ्यता जगाएको बताइन्। उनले भनिन्, ‘ हामी नेपालीहरु धैर्यता र आटिलो हुनु नै ठूलो कुरा हो। पहिला एकदुइ दिन लकडाउन सहन नसकेनि अहिले आठ/दश दिन सहन सक्ने भएका छौ। यो हाम्रो धैर्यता हो।’